आइतवार, श्रावण २४ गते २०८३

उद्योग, बाणिज्य मन्त्रालयको एक सय दिने कार्य प्रगति सार्वजनिक

बुधवार , आषाढ १७, २०८३

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कामहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले मन्त्रालयले सरकारका प्राथमिकतालाई केन्द्रमा राखेर १०० दिनभित्र परिणाममुखी कामहरू सम्पन्न गरेको जानकारी दिएकी छन्।

उनका अनुसार देशको आर्थिक गतिविधिलाई चलायमान बनाउने, आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र तिमी जस्ता आम नागरिकले सुशासनको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ मन्त्रालयले आफ्ना गतिविधि अघि बढाएको हो।

मन्त्रालयका अनुसार यस अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सुधार, वैदेशिक व्यापार प्रवर्द्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यवहारिक सुधारका काम अघि बढाइएका छन्।

प्रधानमन्त्री कार्यालयमा पेस गरिएको प्रगति विवरणमा विभिन्न ऐन तथा नियमहरूको परिमार्जन, रुग्ण उद्योगहरूको पुनरुत्थानका लागि कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने प्रयासहरू समेटिएका छन्।

मन्त्रालयले सरकारको १०० दिने कार्यकालका उपलब्धिको मूल्यांकनका आधारमा आगामी दिनमा आफ्ना कामकारबाहीलाई अझ तीव्र र प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार