आइतवार, श्रावण २४ गते २०८३

काठमाडौं विश्वविद्यालयका प्राध्यापक भोला थापा बने त्रिविको उपकुलपति

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिको लागि थापासहित मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा नन्दबहादुर सिंह र प्राडा दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो ।

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले थापालाई विहिबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।

अघिल्ला सरकारको पालामा भएका सम्पूर्ण नियुक्ति अध्यादेशमार्फत खारेज भएसँगै त्रिवि लगायत अन्य सबै विश्वविद्यालयका तत्कालीन् उपकुलपति लगातका पदाधिकारी पदमुक्त भएका थिए । उनीहरु पदमुक्त भएसँगै सरकारको तत्कालको लागि अन्य व्यक्तिलाई जिम्मेवारी दिएको थियो ।

थापा काठमाडौं विश्वविद्यालय (केयु) का पूर्व उपकुलपति समेत हुन् । 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिको लागि थापासहित मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा नन्दबहादुर सिंह र प्राडा दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा थापालाई नियुक्त गरिएको हो । यसअघि एक कार्यकल काठमाडौं विश्वविद्यालयको उपकुलपतिको कार्यकाल पुरा गरेका थापा दोस्रो कार्यकालको लागि पनि उपकुलपतिको प्रस्पिर्धी बनेका थिए । 

त्यतिबेला २०८१ साल फागुनमा काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि अनुसार थापा उपकुलपतिको लागि १० जनासहितको संक्षिप्त सूचिमा पनि परेका थिए । 

तर, त्यतिबेला सोही विश्वविद्यालयका रजिष्ट्रार रहेका अच्युत वाग्लेलाई सरकारले उपकुलपति बनाएको थियो । उपकुलपति वाग्ले भने अहिले पदमुक्त बनिसकेका छन् ।

केयुमा दोस्रो कार्यकाल बिताउन नपाएपनि थापा अहिले त्रिविमा पहिलो र विश्वविद्यालयको उपकुलपतिको हैसियतले दोस्रो कार्यकालयको लागि नियुक्त भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार