काठमाडौं। काठमाडौंको कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बुढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा मंगलबार राति ती बालक खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बालकको पहिचान नखुलेको प्रहरीले बताएको छ। वेपत्ता बालकको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेका छन्।