आइतवार, श्रावण २४ गते २०८३

एसईईको क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटकै १० हजार

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । एसईई उत्तीर्ण विद्यार्थीको चारित्रिक प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट) र स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) मा विद्यालयहरूले चर्को रकम असुलिरहेको पाइएको छ ।

विद्यालयहरूले मनलाग्दी शुल्क लिन थालेपछि अभिभावकहरूले नियामक निकायमा सिकायतसमेत गरिरहेका छन् । केही विद्यालयहरूले ५–६ हजारदेखि ८–१० हजारसम्म रकम लिइरहेको पाइएको छ ।

२ हजारभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था भए पनि केही निजी विद्यालयले ८ हजारसम्म शुल्क लिने गरेको पाइएको छ ।बाफलस्थित ज्ञानोदय माविले भने जम्मा १५ सय लिने गरेको जानकारी छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार