आइतवार, श्रावण २४ गते २०८३

बाल सेवाका विद्यार्थीलाई झोला तथा पोशाक वितरण

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । काठमाडौंको झोंछेस्थित बाल सेवा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला तथा विद्यालय पोशाक वितरण गरिएको छ । 

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ति सामग्री हस्तान्तरण गरिएको हो । परोपकारी संस्था नेपाल हिल्स आखन जर्मनीको सहयोगमा ति सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा दुई सय ८२ जना विद्यार्थीलाई झोला, ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरिएको थियो ।  

उक्त सामग्रीको संयोजन गर्नुभएका को–अपरेटिभ युथ अर्गनाईजेशन नेपाल (कोयोन) धादिङ का अध्यक्ष तथा नेपाल हिल्फ आखनका प्रतिनिधी दिनेश कडेल (रबि) का अनुसार आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पढाई सहज होस भनेर ति सामग्री हस्तान्तरण गरिएको हो ।

उनका अनुसार यस संस्थाले अन्य जिल्लामा पनि आर्थिक रुपमा विपन्न परिवारका बालवालिका अध्ययनरत थुप्रै विद्यालयमा यस्तो सहयोग प्रदान गर्दै आएको छ । 

विद्यालयका प्रधानाध्यापक मञ्जु पाठकले नेपाल हिल्फ लगायतका सामजिक संस्थाको सहयोगका कारण बाल सेवामा अध्ययनरत विद्यार्थीको पढाईमा निकै सहज भएको बताईन् ।

 
सोही कार्यक्रममा शुक्रबार नै दौतरी समूहको सहयोगमा ४० जना विद्यार्थीलाई झोला, जुत्ता, ट्रयाकसुटसहित कलम र कापी समेत वितरण गरिएको थियो । 

उक्त समूहकी प्रतिनिधि उत्तरा मानन्धरका अनुसार यस संस्थाले बाल सेवाका विद्यार्थीलाई एक दशकदेखि यस्तै सहयोग प्रदान गर्दै आएको छ । 


गरिव र विपन्न परिवारका बालवालिका अध्ययनरत रहेपनि यहाँको पढाई भने अब्बल रहेको छ । 

विहिबार मात्रै काठमाडौं महानगरपालिकाले यस विद्यालयलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएवापत २५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरेको थियो । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार