आइतवार, श्रावण २४ गते २०८३

७ वटा विश्वविद्यालयका उपकुलपति नियुक्त, कुनमा को ?

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका शाहले शुक्रबार नियुक्त गरेका हुन् ।  

जस अनुसा, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन् ।

खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो ।

समितिले कार्ययोजना तथा प्रस्तुतीकरणको आधारमा उपकुलपति नियुक्तिको लागि हरेक विश्वविद्यालयको लागि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री शाह समक्ष सिफासि गरेको थियो । सोही सिफारिसको आधारमा नियुक्त गरिएको हो । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार