काठमाडौं। सुर्खेतमा बस दुर्घटनामा परी १२ जना घाइते भएका छन्। सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकोहरुको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक नन्दराम जैशीले जनाकारी दिए।
सिम्ताको देउली बजारबाट जामुने जाँदै गर्दा बुधबार बिहान करिब साढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बसको ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
बसमा २४ यात्रु सवार रहेका थिए। घाइतेहरूको उद्धार गरी स्थानीय मेहलकुना अस्पतलामा उपचार भइरहेका उनले जानकारी दिए।