आइतवार, श्रावण २४ गते २०८३

शासकीय सुधारको १०० बुँदे कार्यसूची कार्यान्वयनमा सरकार असफल - कांग्रेस

शनिवार , आषाढ २०, २०८३

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार आफैले सार्वजनिक गरेको प्रतिवद्धता अनुसार काम गर्न असफल भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । 

शनिबार उक्त पार्टीको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा मन्त्रालयगत रुपमा जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको निष्कर्ष समेत निकालेको छ । 

‘बैठकले शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरूको प्रभावकारी कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसदमा उठाउने, निर्णय पनि गरेको छ ।

साथै,  ‘सरकारका कार्यप्रगतिका नियमित अनुगमन गर्ने र सरकारलाई जवाफदेही बनाउन संसद्मा प्रमुख प्रतिपक्ष दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने बैठकको निष्कर्ष छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार