प्रचण्डको आरोप ( सरकारको १०० दिन भ्रम छर्ने बहाना मात्रै
काठमाडौं । बालेन्द्र शाह सरकार नेतृत्वको सरकारले १०० बुँदे शासकीय सुधार सम्बन्धी कार्ययोजना भ्रम छर्ने बहाना मात्रै भएको बताएका छन् । वर्तमान सरकारको १०० दिन पूर्ण असफल भएको पनि उनले बताए ।
नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका प्रचण्डले शनिबार यस्तो बताएका हुन् ।
‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णतस् असफल भएको देख्छु म,’ प्रचण्डले भने ।
अहिलेको आवश्यकता वाम एकता मात्र नभई कांग्रेससहितको सहकार्य जरुरी रहेको उनले बताए । उनले अगाडि भने, ‘वाम एकता भन्दा पनि कांग्रेस एमाले सबैसँग सहकार्यको कुरा हो, आजको आवश्यकता देशमा । हामीले त्यसमा प्रयास गरिराखेका छौं ।’