आइतवार, श्रावण २४ गते २०८३
चन्द्रागिरीको कंकाली स्कुल ४३ औं वर्षमा

सामुदायिक विद्यालयको स्तर सुधार्न सरकार प्रतिवद्ध - सभामुख अर्याल

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । चन्द्रागिरी नगरपालिकास्थित कंकाली माध्यमिक विद्यालय ४३ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा स्कुलले आइतबार विविध कार्यक्रमको आयोजना गरेको छ । 

उक्त नगरपालिका वडा नं. १३ पुरानो नैकापस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रमम विद्यालयमा विशिष्ट योगदान दिएका शिक्षक, विद्यार्थी, समाजसेवी लगायलाई सम्मान गरिएको छ । 


कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद (डिपी) अर्यालले सामुदायिक विद्यालय सुधार्न सरकार लागिपरेको बताए । 

सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ को लागि सामुदायिक विद्यालयको अवस्थाबारे अध्ययन गर्न मात्रै एक अर्ब रुपियाँ बजेट छुट्टयाएको बताउँदै उनले एक वर्षमा ति विद्यालयहरुको समग्र पक्षको अध्ययन गर्ने जानकारी दिनुभयो । साथै, आगामी वर्षदेखि विद्यालय सुधारको अभियानलाई तिब्र रुपमा अघि बढाइने उनले सो अवसरमा जानकारी दिए । 

सरकारले आफ्नो तरिकाबाट तयारी गरिरहेको सो अवसरमा उनले जानकारी दिए । विद्यालय विद्यालय जस्तै हुनुपर्ने बताउँदै उनले यस अभियानमा आफूले पनि सक्दो सहयोग गर्ने प्तिवद्धता जनाउनुभयो । विद्यालयमा गरिएको लगानी सही ठाउँमा गरिएछ भन्ने भावना जागृत गराउन सरकार तयार रेहेको उनले बताए । 

सरकारी विद्यालयलाई पनि निजी क्षेत्रबाट सञ्चालित विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने गरि विकास गरिने उनले सो अवसरमा बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले कंकाली विद्यालयलाई अहिलेको स्थानमा ल्याउन स्थानीय समाजसेवी, चन्दा तथा जग्गा दाता, स्वदेशी तथा विदेशीको पनि महत्वपूर्ण सहयोग रहेको बताए । 

२०४० सालमा ४ जना विद्यार्थीबाट पढाई सुरु गरेको यस विद्यालयमा अहिले एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार