काठमाडौं । विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा आईसीसी क्रिकेट श्रृंखला खेल्न नेपाली क्रिकेट टोली नेदरल्यान्ड्सतर्फ लागेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो ।
यही जुलाई २१ देखि नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला सुरु हुँदैछ । क्यानका सचिव पारस खड्काले बिर्दा गर्दै गतवर्ष स्कटल्यान्डमा गरेको जस्तै प्रदर्शन दोहोर्याउने र हालको लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
यस्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताएका छन् । ‘हामी पछिल्लो एक साता फिटनेसमा केन्द्रित छौं, हामी यो टुरमा धेरै महत्व दिएका छौं, विश्वकप खेल्नका लागि बाँकी शृंखला महत्वपूर्ण छन् र हामी राम्रो प्रदर्शन गर्नेछौं’ रोहितले भने ।