काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४७८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको मन्त्रालयलये पुष्टी गरेको छ। सोही अवधीमा १ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।