काठमाडौं । यसअघि पनि विवादास्पद अभिव्यकित दिएरर चर्चामा आएका पूर्वाधारमन्त्री सुनील लम्सालले फेरि अर्को आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।
उनले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयहरुसँग कुरा गर्दै उनले काम नगर्ने प्रदेशकामन्त्रीलाई पनि थुन्ने चेतावनी दिएका हुन् ।
यदि मेयरले जनताको काम रेनन् र जनतालाई अपहेलना गरे भने आफूलाई जानकारी दिन उनले स्थानीयलाई अनुरोध गरे । आफूलाई जानकारी दिएको खण्डमा प्रदेश मन्त्री र मेयरलाई आवश्यक कारबाही गर्ने उनले बताए ।
यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिका कारण उनको निकै आलोचना भएको थियो । अहिले फेरि उनले प्रदेशका मन्त्री नै थुन्ने चेतावनी दिएका हुन् । उनले यस्तो चेतावनी दिएको भिडियो क्लिप अहिले सोसल मिडियामा छ्याप्पछ्याप्ती छ ।