काठमाडौ । सरकारले कर्मचारी १५ सहसचिवको सरुवा गरेको छ । तर, सरुवामा कुनै स्पष्ट मापदण्ड र विधि भने अपनाइएको छैन ।
विगतमा सरुवामा अनलाइन प्रणालीको विकास गरिएको बताइएको थियो ।
तर अहिले कुनै मापदण्ड बिना नै १५ सहसचिवको सरुवा गरेको हो । सरकारले यस अघि पनि थुप्रै संख्यामा उपसचिव, शाखा अधिकृत, सुव्वा , खरिदारको पनि यसरी नै हचुवाका आधारमा व्यापक सरुवा गर्दै आइरहेको छ ।