आइतवार, श्रावण २४ गते २०८३

चार लाख ४३ हजार ५९५ हेक्टरमा धान रोपाइँ

मंगलवार , आषाढ २३, २०८३


काठमाडौं । असार तेस्रो साता लाग्दा मुलुकभर ३२ प्रतिशत धान रोपाइँ भएको छ । सोमबारसम्म ३२.३८ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।

गत वर्ष सो अवधिमा ४५ प्रतिशत धान रोपाइँ भएको थियो । समयमा पानी नपरेकाले गत वर्षको तुलनामा कम धान रोपाइँ भएको हो । कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म चार लाख ४३ हजार ५९५ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।

विभागका अनुसार कोशी प्रदेशमा सोमबारसम्म कुल दुई लाख ७६ हजार ३८७ हेक्टर क्षेत्रफलमध्ये ८७ हजार ३३ हेक्टर अर्थात् ३१.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी धान खेतीयोग्य जमिन रहेको मधेश प्रदेशमा  सबैभन्दा कम १५.६ अर्थात् तीन लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफल रहेको छ । 

बागमती प्रदेशमा कुल एक लाख १४ हजार ५२४ हेक्टरमध्ये ३३.२ प्रतिशत अर्थात् ३८ हजार २६ हेक्टरमा मात्र रोपाइँ भएको छ । यस्तै गण्डकी प्रदेशमा कुल ९३ हजार छ सय छ हेक्टर क्षेत्रफलमध्ये ४१ प्रतिशत अर्थात् ३८ हजार ३८९ हेक्टरमा रोपाइँ सकिएको छ । 

यस्तै लुम्बिनी प्रदेशमा कुल तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये ३७.३ प्रतिशत ९१ लाख १२ हजार पाँच सय नौ हेक्टरमा रोपाइँ भएको छ । 

कर्णाली प्रदेशमा कुल ४३ हजार २९० हेक्टर क्षेत्रफलमध्ये असार १९ सम्म ४०.५ प्रतिशत अर्थात् १७ हजार ५४९ हेक्टरमा मात्र रोपाइँ भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा कुल एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५७.९ प्रतिशत अर्थात् ८९ हजार ७४२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । 

   

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार