आइतवार, श्रावण २४ गते २०८३

खानेकुराको माग गर्दै सुकुमवासीहरु विरोधमा

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । खानाको माग गर्दै सुकुमवासीहरु विरोधमा उत्रेका छन् । सरकारले खानाको व्यवस्था नगरेपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुमवासीहरूमा विरोधमा उत्रिएका हुन् । 

सोमबार बेलुकादेखि आफूहरूले खाना नपाएको त्यहाँ बसेका सुकुमवासीहरू बताएका छन् । खाना नदिएपछि आफूहरु रातभर भोकै बसेको तर केहि उपाय नलागेपछि मंगलबारदेखि विरोधमा उत्रेको त्यहाँका एक एक सुकुमवासीले बताए । 

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार विहानसम्म खाना पाएपनि साँझदेखि भने खान नपाएको बताए ।  अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार