आइतवार, श्रावण २४ गते २०८३

देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर  देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ ।

विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको पुरानो निवासमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो । पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ ।

विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।

Jaya-notice.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार