आइतवार, श्रावण २४ गते २०८३

यसपटकको एसइईमा १५ प्रतिशत परीक्षार्थी मात्रै अनुत्तीर्ण

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बढ्ढो मा ८५.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय  परीक्षा बोर्डले दुई चरणमा सञ्चालन गरेको परीक्षाबाट यि परीक्षार्थी उत्तीर्ण भएका हुन् । अर्थात् यसपटक एसइईमा सहभागीमध्ये करिव १५ प्रतिशत मात्रै कक्षा ११ मा भर्ना हुनबाट रोकिएका छन् । 

परीक्षा बोर्डले पहिलो चरणमा नियमित परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा अनुत्तीर्ण अर्थात अवर्गीकृतमा परेका परीक्षार्थीको लागि असार एक गतेदेखि सात गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो । ग्रेडवृद्धि परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । 

नतिजा अनुसार ग्रेडवृद्धिमा ६४.६८ प्रतिशत उत्तीर्ण भएका छन् । यसअघि पहिलो चरणमा लिइएको परीक्षामा ६५.९८ प्रतिशत उत्तीर्ण भएका थिए । दुवै परीक्षाको नतिजालाई जोड्दा एसइईमा ८५.३७ प्रतिशत उत्रीर्ण भएको परीक्षा बोर्डका परीक्षा नियन्त्रक कक्षा (१०) टुकराज अधिकारीले बताए ।


परीक्षामा मूल र पूरक परीक्षामा समेत गरेर चार लाख ३० हजार ६६७ जना सहभागी थिए । जसमध्ये तीन लाख ६७ हजार ६८३ जना उत्तीर्ण भएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार