आइतवार, श्रावण २४ गते २०८३

लाम्चो भन्टा प्रतिकिलो २५ रुपैयाँ, अन्य तरकारीको मूल्य के छ ?

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला तथा माछालगायत कृषिउपजको मूल्य तय गरिएको हो।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १७ रुपैयाँ, टनेल गोलभेँडा ३० रुपैयाँ, रातो आलु (लाम्चो) ४२ रुपैयाँ, रातो आलु (गोलो) ४० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै गाजर (लोकल) १०० रुपैयाँ, गाजर (तराई) ९० रुपैयाँ, बन्दा ५० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो हाइब्रिड मूला २० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ र डल्लो भन्टा ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

बोडी तने ४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, लोकल घिउ सिमी ४० रुपैयाँ, हाइब्रिड घिउ सिमी ५५ रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तीते करेला ३५ रुपैयाँ, लौका ३५ रुपैयाँ, परवर ४० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, झिगुनी ४० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ५० रुपैयाँ, डल्लो हरियो फर्सी २५ रुपैयाँ, भिन्डी ३५ रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

सागपाततर्फ रायोसाग ४० रुपैयाँ, पालुङ्गो र तोरीको साग प्रतिकिलो ६०–६० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ, कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

यसैगरी कुरिलो ३०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली र चुकन्दर ७०–७० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ६० रुपैयाँ, पुदिना २०० रुपैयाँ, गान्टेमूला ६० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १६० रुपैयाँ, दशहरी आँप १७० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, लोकलक्रस काँक्रो ५० रुपैयाँ, रूखकटहर ५० रुपैयाँ, चाइनिज नासपाती २७० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, लोकल लिची ३०० रुपैयाँ, भारतीय लिची ३५० रुपैयाँ, काँचो नरिवल ७० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

मसलातर्फ अदुवा २०० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो तथा बुलेट खुर्सानी ४०–४० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, भेडे खुर्सानी ७० रुपैयाँ, अकबरे २५० रुपैयाँ, हरियो लसुन १२० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ र नेपाली सुकेको लसुन २०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

त्यसैगरी सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ तथा बचुवा र छडी माछा प्रतिकिलो ३००–३०० रुपैयाँ अधिकतम थोक मूल्य निर्धारण गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार