आइतवार, श्रावण २४ गते २०८३

बुधबार घटेको सुन विहिबार तोलाको २४ सय बढ्यो

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। 


यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार