सोमवार, श्रावण २५ गते २०८३

मेची राजमार्ग अवरुद्ध

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो।

निरन्तर वर्षाका कारण उक्त सडक खण्डमा साना तथा ठुला कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको छ।

राजदुवाली सडक खण्ड बन्द भएपछि इलामवासी चिन्तित बनेका छन्। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोला–तिल्केनी सडकमा पनि हिलो र चिप्लोपनका कारण सवारी सञ्चालन गर्न कठिन भएको हो । 


सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा खोला र जोगमाइ खोलामा जडान गर्ने भनिएका बेलीब्रिज भारतबाट हालसम्म नआएकाले समस्या समाधान हुन सकेको छैन।

वर्षौंदेखि समस्या दोहोरिँदै आएको राजदुवाली सडक खण्डको स्थायी विकल्पको माग गर्दै आएका स्थानीयले सडक पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्ग निर्माणको मागलाई थप जोड दिएका छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार