सोमवार, श्रावण २५ गते २०८३

अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौँ । काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापा छन् । सिलिन्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार