आइतवार, श्रावण २४ गते २०८३

३१ परिवार सुकुमवासीलाई लगियो खरिपाटीको होल्डिङ सेन्टर

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको छ ।

कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । हिजो (शनिबार) र आज (आइतबार) बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो ।

केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ ।

सरकारले थापाथली लगायतका बागमती नदी किनारबाट सुकुमवासी बस्ती हटाएको थियो । यद्यपि उनीहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार