आइतवार, श्रावण २४ गते २०८३

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा, १ वर्षमा ७० लाखले ज्यान गमाउँछन् : डब्लुएचओ

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। विश्व स्वास्थय संगठन (डब्लुएचओ)ले हाल वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा रहेको बताएको छ। वायु प्रदुषणको खतरा औंल्याउँदै सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएको जोड दिएको छ। 

जसअनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ। डब्लुएचओले बुधबार दिएको जानकारी अनुसार एक वर्षमा वायु प्रदुषणका कारण ७० लाख मानिसले अल्पायुमा ज्यान गुमुाउने गरेका छन्। 

संगठनले मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धुम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ। डब्लुएचओका अधिकारीहरूले भनेका छन्, ‘वायुको गुणस्तरसम्बन्धी सबै निर्देशनहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ। वायु प्रदुषण तथा स्वस्थ आहारमा ध्यान दिन मात्रै सकेमा विश्वमा लाखौंको ज्यान जोगाउन सकिन्छ।’

संयुक्त राष्टङसंघीय स्वास्थ्य निकायले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी दिशानिर्देश (एक्युजी) जारी गरेको थियो। जसले विश्वभरि प्रदूषण कम गर्ने नीतिहरूमा उल्लेखनीय प्रभाव पारेको छ तथापि विश्व स्वास्थ्य संगठनले १६ वर्षभित्रमा वायु प्रदूषणले पहिले भन्दा कम मात्रामा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँदै अझ बलियो प्रमाणहरू देखा परेको कुरा उल्लेख गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार