बिहिवार, आश्विन १५ गते २०८३

पाकिस्तान पिपल्स पार्टी नेताको गोली हानी हत्या   

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं । पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानको बुधवार  गोली हानी हत्या गरिउको छ । उनको एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।    
    
पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत्रमा अन्त्येष्टिमा भाग लिइरहेको बेला अज्ञात आक्रमणकारीहरूले चलाएको गोली लागी मृत्यु भएको हो ।    
    
आक्रमणपछि उहाँलाई जिल्ला सदरमुकामस्थित एक अस्पताल लगिएको थियो तर पछि थप उपचारका लागि उहाँलाई एम्बुलेन्समा रावलपिंडी लग्ने क्रममा बाटोमा निधन भएको हो ।    
  
प्रान्तीय विधानसभाका पूर्व उम्मेद्वार र हक्मीन खानका निकटस्थ मलिक हमीद अकबर खानले मृतक नेताको टाउकोमा गोली हानिएको थियो । घाउबाट धेरै रगत बगेपछि उनको मृत्यु भएको खानले बताए।    
    
पीपीपी नेता खान सन् २००८ मा पीपी–१५ एटोकबाट निर्वाचित भएका थिए। उनि आफ्नो कार्यकालमा खानी र खनिजसम्बन्धी विशेषाधिकार समिति र स्थायी समितिको सदस्य थिए।    
    
पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले ट्वीट गरेर उनको मृत्युमा शोक व्यक्त गर्दै शहन हक्मीनको हत्याको खबर सुन्दा धेरै दुखी  र शोकमग्न भएको भनेका छन् । 
    
खानका श्रीमती र दुई छोरा छन् । उनको पार्थिव शरिर घर पुग्ने बित्तिकै ठूलो संख्यामा समर्थक, प्रशंसक, पार्टी कार्यकर्ता र नेताहरू मृतकको परिवारसँग सहानुभूति प्रकट गर्न घरसम्म पुगेका थिए ।    
    
प्रहरी स्रोतका अनुसार उनलाई सम्पत्तीसम्बन्धी विवादमा १९–वर्षीय व्यक्तिले गोली हानी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार हत्यामा सम्लग्न रहेको आरोपमा संदिग्धलाई पक्राउ गरी अनुसन्धानको लागि सुरक्षा नियन्त्रणमा राखिएको छ ।    

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार