आइतवार, श्रावण २४ गते २०८३

सरकारले बहाल कर उठाउने तर घरभाडाको वैज्ञानिक मापदण्ड तोक्ने काममा नलागेको प्रसाईंको जिकिर

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले काठमाडौंमा घर भाडा महँगो भएको भन्दै संसद्‍मै प्रश्न उठाएका छन् ।

‘हामी जस्ताले भाडा तिरेरै हजारौं घरबेटीको घर चलेको छ । तर सानो कोठाको भाडा आठ हजार, ९ हजार, १० हजार कुन मापदण्डमा टेकेर कसरी निर्धारण गरिन्छ ?’ उनले प्रश्न गरे ।


घरभाडा निर्धारणमा घरबेटीको इच्छा बाहेक अर्को मापदण्ड नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । भएको मापदण्ड पनि लागु नभएको उनले बताएका छन् ।सरकारले बहाल कर उठाउने तर घरभाडाको वैज्ञानिक मापदण्ड तोक्ने काममा नलागेको भनेर उनले ध्यानाकर्षण गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार