काठमाडौं । मिडिया हाउसको गेटैमा गाडी तेर्स्याएको विषयमा सरकारको आलोचनासहित सदन तातिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने एकसाथ बैठक कक्षमा छिरेका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले दुवैजनाले नियम तोडेको भन्दै आपत्ति जनाएका छन् ।बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली बोलिरहेको बेलामा बालेन र रवि सदनमा प्रवेश गरेका थिए ।
उनले सभामुख बोलिरहेको सांसदको बीचबाट हिँडेको भन्दै नियमापत्ति गर्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।