काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरू गरेको छ ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता शुभारम्भ गरे ।
समस्याग्रस्त घोषित दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सिभिल बचत तथा ऋण सहकारी संस्थाका १ हजार ७ सय ६६ बचतकर्ताको बचत फिर्ता सुरू गरिएको समितिले जनाएको छ ।
मुख्यमन्त्री बानियाँले लामो समयदेखि रोकिएको बचतकर्ताहरूको बचतलाई सुरक्षित र व्यवस्थित गर्दै प्रभावकारी ढङ्गले फिर्ता गर्ने थालिएको बताए ।