काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चारगृहको गेटअगाडि गाडी तेर्स्याउने कार्यमा संलग्न जो कोही भए पनि कारबाही हुने बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग बोल्दै उनले रास्वपाकै कार्यकर्ता नेताहरूको संलग्नता देखिए कारबाही हुने बताएका हुन्।
‘रास्वपा त्यो पार्टी हो, जसले आफ्नो सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको हो,’ लामिछानेले भने, ‘रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ, जो भए पनि कारबाही हुन्छ।’
यस्तो उनले यस विषयमा रास्वपाको स्पष्ट दृष्टिकोणसहित विज्ञप्ति पनि जारी गरेको बताए।