आइतवार, श्रावण २४ गते २०८३

बुधबारदेखि भरी तौलका ग्यास सिलिन्डर पाइने

मंगलवार , आषाढ ३०, २०८३


काठमाडौँ । अब बजारमा उपभोक्ताले भरी तौल भएका खाना पकाउने ग्यास सिलिन्डर खरिद  गर्न पाउने भएका छन । 
नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको जनाएको छ ।

यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । निगमले  विज्ञप्ती जारी गरी बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपियाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रुपमा प्रतिस्थापन नहुँदासम्म भने दुबै सिलिण्डरको बिक्री हुने निगमले जनाएको छ ।आधा तौलको ग्यास सिलिन्डर एक हजार ३० रुपियाँ मूल्य रहेको छ । पश्चिम एसियाली मुलुकमा भएको युुद्धको कारणले बजारमा ग्यासमा अभाव हुने आशंकामा ग्यासको माग हवात्तै बढ्दै गएपछि आपूर्ति व्यवस्था सहज बनाउन निगमले आधा तौलको सिलिन्डर वितरण गरेको थियो । आधा तौलको सिलिन्डर वितरण गर्दा बजारमा ग्यासको अभाव कम भई आपूर्ति व्यवस्था सहज भएको थियो ।
 पछिल्लो समय उद्योगीले आधा तौलको ग्यास सिलिन्डर वितरण गर्दा ढुवानी लागत बढेको भन्दै भरी सिलिन्डर वितरणको व्यवस्था गरिरिदन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयल र निगमलाई पत्राचार समेत गरेका थिए । सामान्य अवस्थामा मासिक ४५ हजार मेट्रिक टन ग्यासको माग रहेकोमा केही समय ग्यासको माग समेत बढ्दै गएको निगमले जनाएको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार