काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार २३९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन्।
यो संगै हालसम्म पीसीआर विधिबाट ७ लाख ८८ हजार ७६९ जना र एन्टीजेन विधिबाट ८९ हजार ९०७ जना संक्रमित भएका छन्। जसमध्ये हालसम्म कूल संक्रमितमध्ये ७ लाख ५६ हजार ९५४ जना निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा निको हुने दर ९६ प्रतिशत पुगेको छ। कोभिड–१९ को संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन्। हालसम्म ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ ।
हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा, ३४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन्।
पछिल्लो २४ घण्टामा थप १ लाख ३८ हजार ३८५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार ८९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।