आइतवार, श्रावण २४ गते २०८३

सामान्य बढ्यो सुनको भाउ

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

बुधबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ।बुधबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार