आइतवार, श्रावण २४ गते २०८३

शेयर धितो कर्जामा नयाँ नियम, राम्रा कम्पनीमा ८० प्रतिशतसम्म ऋण पाइने

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन ल्याण्डिङ प्रकृतिको शेयर सुरक्षण राखेर प्रवाह गरिने कर्जामा नयाँ व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले शेयर धितो राखेर पाइने ऋण -मार्जिन कर्जा_ को सीमामा परिमार्जन गरेको हो ।

नयाँ व्यवस्था अनुसार राम्रा कम्पनीको शेयरमा अब ८० प्रतिशतसम्म कर्जा पाउन सकिनेछ ।

यसअघि सबै किसिमका सूचीकृत कम्पनीहरूको शेयर धितो राख्दा बढीमा ७० प्रतिशत ऋण पाइने सामान्य नियम थियो ।

अब भने राम्रा कम्पनीहरूको शेयर धितो राखेर ऋण दिँदा पहिले तोकिएको ७० प्रतिशतको सीमामा थप १० प्रतिशत विन्दुसम्म बढाउन पाइने भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार