काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनज्यूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महत्त्वपूर्ण संवाद भइरहेको छ।
उक्त छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको छ।
छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसङ्गै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङज्यू र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओलीज्यू सहभागी छन।