आइतवार, श्रावण २४ गते २०८३

असार सकिदा मुलुकभर आठ लाख ४२ हजार हेक्टरमा धान रोपाइँ

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौ । असार सकिदा मुलुकभर झन्डै ६२ प्रतिशत क्षेत्रलफलमा धान रोपाइ भएको छ । कृषि विभागका अनुसार बिहिबार सम्म मुलुकभर  ६१. ६२ प्रतिशत  धान रोपाइ भएको हो ।

गत वर्ष  सो अवधिमा ७२.१४ प्रतिशत रोपाइ भएको थियो । गत वर्षको तुुलनामा  यसपाली १२ प्रतिशत रोपाइ कम भएको हो । समयमा पानी नपरेकाले यो वर्ष धान रोपाइमा कमी भएको हो । 
विभागका अनुसार मुुलकभर धान खेतीयोग्य १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफल रहेकोमा हालसम्म ८लाख ४२ हजार ६८ हेक्टरमा रोपाइँ सकिएको छ ।

 असार सकिदा पनि अझै पाँच लाख २४ हजार ४९४ हेक्टर क्षेत्रफलमा धान रोपाइ  हुुन बाँकी रहेको  विभागको तथ्याकले देखाएको छ । पहाडी क्षेत्रमा असारमा धान रोपाइ भएपछि तराईमा साउन महिना  सम्म रोपाइ हुने गर्छ ।
राष्ट्रिय बाली प्रजनन तथा अनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ बैज्ञानिक एंव धानबाली विज्ञ डा उज्वलकुुमार कुशवाहाले यो वर्ष धान रोपाइ कम हुुँदा उत्पादन घट्ने देखिएका जानकारी दिए ।

तराईमा साउन दोस्रो साता सम्म धान रोप्न उपयुक्त हुने भएकाले त्यतिबेला सम्मको रोपाइको अवस्था हेरेर कति घट्छ भनेर आकलन सकिने उनाँको भनाई छ ।

 पहाडमा असार अन्तिम सम्म र साउनमा दोस्रो साता सम्म धान रोप्न सकिने उनको भनाई छ । त्यसभन्दा अघिपछि धान रोप्दा उत्पादनमा ह्रास आउने उनको भनाई छ । 

 विभागका अनुसार सवै भन्दा धेरै सुदूरपश्चिम प्रदेश कुल १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये १ लाख ३६ हजार ३२ हेक्टर (८७.८० प्रतिशत) मा रोपाइँ सम्पन्न सकिएको छ ।

यस्तै  सवै भन्दा कम कोशी प्रदेशमा ५४.९० प्रतिशत अर्थात १ लाख ५१ हजार ६१९ हेक्टर रोपाइँ भएको छ । कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टर क्षेत्रफल धान खेती हुने गरेको छ । 
मधेश प्रदेशमा सबैभन्दा धेरै ३ लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमिन रहेको हालसम्म ५७.९० प्रतिशत अर्थात  दुुई लाख २१ हजार ५४७ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ। 
यस्तै बागमित प्रदेशमा  ५७.१  प्रतिशत अर्थात ६५ हजार४४६ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ ।  बागमति प्रदेशमा एक लाख १४ हजार ५२४ हेक्टर क्षेत्रफल धान रोपाइ हुने गर्छ । 
यस्तै गण्डकी प्रदेशमा  ६५.९ प्रतिशत ६१,७२७ हेक्टर हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । लुम्बिनी प्रदेशस् ५९.६ प्रतिशत १,७९,६३१ हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ । गण्डकी प्रदेशमा ९३ हजार ३०६ हेक्टर र लुुम्बिनी प्रदेशमा तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रलफल रहेको छ । 
कर्णाली प्रदेशमा ६०.२ प्रतिशत २६ हजार ६७ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको छ । कर्णाली प्रदेशमा धान रोपाइ हुने क्षेत्रफल ४३ हजार २९० हेक्टर रहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार