आइतवार, श्रावण २४ गते २०८३

एमाले नेता पोखरेल पत्नी तथा संविधान सभा सदस्य मिरालाई क्यान्सर, भारतको मेदान्तमा उपचार हुँदै

शनिवार , श्रावण २, २०८३

काठमाडौं । संविधान सभा सदस्य मिरा ध्वजु (पोखरेल) लाई क्यान्सर भएको छ ।

उनी एमाले नेता इश्वर पोखरेलकी पत्नी हुन् ।उनको हाल भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा  पचार भइरहेको छ । 

श्रीमतीको उपचारको लागि अहिले पोखरेल पनि भारतमै छन् ।

पोखरेलले शनिबार फेसबुकमार्फच श्रीमतीको क्यान्सरको उपचारमा रहनुपरेको र आफू स्वयम् पनि त्यस कार्यमा प्रत्यक्ष  जोडिनु परेका कारण यस विच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष  जोडिन नसकेको जानकारी गराएका छन् । 

 उपचारको क्रम अझै जारी रहने भएका कारण नेपालको विभिन्न राजनीतिक कार्यक्रममा आफ्नो उपस्थिति र गतिविधि अझै प्रभावित रहने पनि उनले जनाएका छन् ।

यस अवधिमा मिराप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट संपर्क गर्नुहुने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउनुहुने साथीहरू तथा आफन्तजनप्रति पोखरेलले आभार व्यक्त गरेका छन् । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार