काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १ ३० बजेदेखि प्राविधिक समस्या देखिएको छ।
समस्या देखिएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक खाता खोल्न खोज्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको गुनासो गरेका छन्।
प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको जनाइएको छ। साथै, समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गर्दै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ।