आइतवार, श्रावण २४ गते २०८३

सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो ।

जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूको सामजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम (९) बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नु–गराउनुपर्ने उल्लेख छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार