आइतवार, श्रावण २४ गते २०८३

चन्द्रागिरीबाट लागूऔषधसहित २ जना सशस्त्रको नियन्त्रणमा

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
 
पक्राउ पर्नेमा  काठमाडौको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षिय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षिया सुमित्रा राई छन् ।
 
नियन्त्रणमा लिइएका अनिल देउलाले लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स व्यूरोको टोलीले ५० वटा बक्समा रहेको १५ हजार क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा हो ।
साथै उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ ।
 
त्यस्तै देउला बस्ने कोठाबाट डाईजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १ सय ८८ वटा, ट्रामाडोल ३ हजार ७ सय ७० वटा र पोलेन १ सय ५० वटासहित सुमित्रा राईलाई समेत नियन्त्रणमा लिइएको हो ।
 
उनको कोठाबाट १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ तथा ३ थान मोवाईल सेट समेत नियन्त्रणमा लिइएको छ । दुवै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, स्कुटर र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार