आइतवार, श्रावण २४ गते २०८३

अर्थमन्त्री वाग्लेको सचिवालयको दाबी- कर हेरफेरको नाममा अफवाह फैलाइयो

आइतवार , श्रावण ३, २०८३

काठमाण्डौ।बजेटमार्फत हेरफेर गरियको करको दायराका बारेमा अनावश्यक हल्ला फैलायको अर्थ मन्त्रीले बतायका छन। 

शनिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले फेसबुकबाट सन्देश जारी गर्दै यस्तो बतायको हो। 

सामान्य नागरिकको तर्फबाट सोच्दा सरकारले लागू गरेको नयाँ करका सन्दर्भमा उठेका प्रश्नहरू ठीक भयको जनाऊदै सचिवालयले भनेको छ- करको सन्दर्भमा सरकार पहिलेदेखि नै सचेत थियो,छ र त्यसको उचित सम्बोधनका लागि सरकारले विभिन्न उपाय र पूर्वतयारी समेत गरेको कुरामा माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विश्वस्त रहन यसअघि नै सबैमा आग्रह गर्नुभएकै छ।

यस्तो छ सचिवालयले जारी गरेको सन्देश: 


तर, तिनै जायज प्रश्नहरूसँग घोलघाल पारेर एकथरी समूह नयाँ बजेटमा लागू भएका समग्र करका सन्दर्भमा अफवाह फैलाउन र समाजलाई विभाजित गर्न सकिन्छ कि भन्ने दाउमा छ। वर्तमान सरकार र अर्थमन्त्रीमाथि भइरहेको प्रहार यसैको शृङ्खला हो।

राज्यको ढुकुटीको जिम्मेवारी लिएर अर्थमन्त्री लोकप्रिय बन्न खोज्ने विगतको परम्पराले देश कहाँ पुग्यो भन्ने कुरा हामीले देखेकै र भोगेकै छौँ। अर्थमन्त्री लोकप्रिय हुने तर जनता गरिब, देश ऋणमा र अर्थतन्त्र स्वाहा हुने अवस्था हामीले बेहोर्यौँ।
अलिकति गाली नै सहनु परे पनि यो वर्ष जग बसाउने वर्ष हो। माननीय अर्थमन्त्रीज्यूले पटक-पटक भन्नुभएको छ-पाँच वर्षभित्रै यसको लाभांश खान पाइनेछ। नयाँ बजेटमा सारमा करको दर घटाउने र दायरा बढाउने नीति लिइएको छ। 
विगतका सरकारहरूले लादेका ढाड सेक्ने कर,राजस्व,अन्तःशुल्क र भन्सार दरलाई माननीय अर्थमन्त्रीले अर्थशास्त्रीय दृष्टिकोणले पुनःसंरचना गरिदिनुभएको छ। एकातिर अविश्वसनीय छुट र लाभ तथा अर्कोतिर करको दायरामा नपरेका तर अर्थतन्त्रको ठूलो हिस्सा रहेका नयाँ क्षेत्रमा थोरै-थोरै कर लगाउनु नै अहिलेको नयाँ कर प्रणालीको विशेषता हो।

आयकर र भन्सारको अन्तःशुल्कदेखि राजस्व जरिवानासम्ममा ठूलो लाभ उपलब्ध गराउँदै अहिलेसम्म करको दायरामा नआएका तथा नगन्य मात्रामा कर तिरेका केही निजी क्षेत्रहरू (निजी शिक्षा, निजी स्वास्थ्य, राइड सेयरिङ, बिजुली आदि) मा करको दायरा विस्तार गरिएको हो।

त्यसैले,अफवाह फैलाउनुअघि एक पटक आफैँलाई प्रश्न गर्नुहोस्-मैले राज्यलाई कर तिरेको छु कि छैन ? यदि कर तिर्ने गर्नुभएको छ भने अब साउन १ गतेदेखि लागू भएको आयकरको यो नयाँ दर हेर्नुहोस्। विगतका सरकारले तपाईंमाथि कर लादेर खल्तीबाट लगेको रकममध्ये अब तपाईंको खल्तीमै बचत हुने गरी राज्यले कति रकम जोगाइदियो? नयाँ थप गरिएको कर कति हो ? हिसाब आफैँ थाहा पाउनुहोस्। अफवाहको पछि नलाग्नुहोस् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार