आइतवार, श्रावण २४ गते २०८३

आज पनि बढ्यो सुनको भाउ

सोमवार , श्रावण ४, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ।

आइतबार तोलामा एक हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।आइतबार तोलामा चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार