काठमाडौं। गायिका ईन्दिरा र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको छ।
उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले ईन्दिरालाई औठी लगाउँदै गरेको भिडिओ सार्वजनिक भएको हो।
सार्वजनिक भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शदरले ईन्दिरालाई औठी लगाउँदै गरेको देख्न सकिन्छ। उनले टिकटकमा भिडिओ राख्दै ईन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना दिएका छन्। केडिया र गायिका जोशी केहि बर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए।