आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन।

 
नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११:३० बजे छलफलको कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी सहभागी हुने बताईएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार