काठमाडौं। मन्त्रिपरिषद्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बैठक बोलाएका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन ।