काठमाडौँ ।नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार तोलामा एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार चार सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।मंगलबार तोलामा चार हजार तीन सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।