आइतवार, श्रावण २४ गते २०८३

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, सभापति थापा पनि दौडिए

बुधवार , श्रावण ६, २०८३

जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार बिहान कांग्रेसले ललितपुरमा ‘ग्रीन रन’आयोजना गरेको छ। 

जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यूएन पार्कमा गरिएको  ‘ग्रीन रन’ कार्यक्रममा सभापति गगनकुमार थापासहित कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागी थिए। 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ किलोमिटर लामो  ‘ग्रीन रन’ कार्यक्रम गरेको हो। 

बीपी स्मृतिको अवसरमा कांग्रेसले आज विभिन्न कार्यक्रम आयोजना गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार