बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्छ।
संघका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट मूल्य ४५० बाट ५०० पुगेको छ। मध्यम अण्डा ४२० वाट ४७० पुगेको छ। सानो अण्डा ४१५ पुगेको छ। सबैमा प्रतिक्रेट ५० बढेको हो।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए। दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उनले बताए।
जेठको अन्तिममा एक क्रेट ९३० वटा० अण्डाको ५५० मा बिक्री भएकामा झरेर ४५० मा आइपुगेको थियो। पोखरेलका अनसार एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँछ। प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ।
अ