आइतवार, श्रावण २४ गते २०८३

बिपी स्मृतिमा देउवा –शेखर पक्षको कार्यक्रम

बुधवार , श्रावण ६, २०८३

काठमाडौँ ।नेपाली कांग्रेसका संस्थापनइतर पक्षले बिपी स्मृतिमा कार्यक्रम गरेका छन्।आज दिउँसो प्रज्ञा भवन कमलादीमा कार्यक्रम भएको हो।

कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायत उपस्थित छन्।

निवर्तमान सभापति शेरबहादुर देउवा भने हङकङ्गमा छन्। देउवा र नेता शेखर पक्षले बिपी स्मृति दिवस मनाएका हुन्।गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका नेताहरू जुटेर बेग्लै रूपमा बिपी स्मृति दिवस मनाएका हुन्।

कांग्रेस संस्थापन पक्षले भने बिहान ग्रीन रनलगायत कार्यक्रम गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार