आइतवार, श्रावण २४ गते २०८३

एक हजार दुई सय मेट्रिक टन डिएपी भित्रियो

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । सरकारले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर सुदृढ बनाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार  एक हजार दुई सय मेट्रिक  मेट्रिक टन डीएपी मल रक्सौल आइपुगेको छ  ।

थप कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल रेक आज रक्सौल आइपुग्ने छ।
यसैबीच, विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मल आइपुगेको छ।

थप डीएपी मल ट्रकमार्फत विराटनगरतर्फ ल्याइँदै छ । यस्तै, भैरहवा र विराटनगरका लागि ७५० मेट्रिक टन युरिया मल बोकेका ट्रकहरू हिजो नै भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन्। उक्त मल गन्तव्यमा पुगेसँगै किसानलाई वितरण गरिनेछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार