आइतवार, श्रावण २४ गते २०८३

सुनको भाउ बढ्ने क्रम रोकिएन

बिहिवार , श्रावण ७, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ।

बुधबार तोलामा पाँच हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।बुधबार तोलामा चार हजार चार सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार